सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभिन्न कार्यक्रम गरेर दारी ग्याङले मनायो चौथौ वार्षीकोत्सव

२०७६ फाल्गुन ६, ०३:०७ खबर संवाददाता

धनगढी : सामाजिक संजालबाट सुरु भएको सामाजिक संस्था दारी ग्याङले देशभरी विभिन्न कार्यक्रमगरी आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ। 

त्यसै क्रममा दारी ग्याङले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ। दारी ग्याङ धनगढीले अपांगमैत्री सुदूरपश्चिम समावेशी आधारभूत विद्यालय अत्तरियामा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको दारी ग्याङ धनगढी प्रतिनिधि अमित खड्काले बताए। 

त्यस्तै दारी ग्याङ कञ्चनपुरले नेपाल भारतको पश्चिमी सिमाना गड्डाचौकी नजिक महाकाली नदिबाट बालुवा गिट्टि ढुवानी गर्ने टिप्पर र ट्र्याक्टर चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी सचेनतात्मक कार्यक्रम गरेको छ। उक्त कार्यक्रमलाई अभियानका रुपमा लैजाने दारी ग्याङ कञ्चनपुरका प्रतिनिधि भोजराजभट्ट बताए। 

यस्तै दारी ग्याङ फुलबारीले डी गाउँमा ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम  गरेको दारी ग्याङ फुलबारी प्रतिनिधि सुरेशकुमार भाटले बताए। 

 

कमेन्ट लोड गर्नुस