सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मापसे गरी मोटरसाईकल चलाउने ७ जना पक्राउ

२०७६ फाल्गुन ६, ०९:३० खबर संवाददाता

धनगढीमा मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने ७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार साझको छड्के चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउन ७ जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले नियन्त्रणमा लिईएकाहरुलाई जिल्ला प्रशासन कार्यालय बुझाउने तयारी भईरहेको जानकारी दिए। उनीहरुलाई कानून अनुसारको जरिवाना तिराएर छोडिने प्रहरी निरिक्षक कार्कीले बताए।  

कमेन्ट लोड गर्नुस