सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साईपाल गाउँपालिकाका सबै वडामा खाद्यान्न पुग्यो

२०७६ फाल्गुन ५, ०१:२२ डीवि विष्ट

बझाङ: सडक संजालसँग नजोडिएको बझाङको सबैभन्दा विकट साईपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ। गाउँपालिकाको वडा नम्बर १, २ र ३, ४, ५ को बिचमा पर्ने पानी लोट्यामा बाक्लो हिउपात जमेका कारण बाटो अवरुद्ध भइ खाद्यान्न अभाव भएको थियो।   

वडा नम्बर १ र २ मा प्रशस्त खाद्यान्न भएपनि केही दिनअघि गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा खाद्यान्न अभावका कारण भोकमरी हुने सम्भावना रहेको थियो। खाद्यान्न अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र सांसद आशा विकको पहलमा नेपाल सरकारले गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली सेनाको हेलीकोप्टरमार्फत शनिबार २५ क्विन्टल २० केजी खाद्यान्न ढुवानी गरेको थियो। 

प्रति व्यक्ति ३ केजीका दरले वितरण गरेको उक्त खाद्यान्नपछि आइतबार धलौनबाट भेडामार्फत थप २८ क्विन्टल खाद्यान्न ढुवानी गरेर धुली पुर्याइ वितरण गरिएको खाद्य संस्थानका कर्मचारी राजन धमेनाले बताए।  

भेडा बाट ढुवानी गर्नुपर्ने भएका कारण समयमा नै खाद्यान्न पुर्याउन नसकेर हेलीकोप्टरमार्फत ढुवानी गर्नु परेको हो।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस