सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकाशबाटै कालापानी अवलाेकन गरेर फर्किए रक्षामन्त्री

फोटो रासस
फोटो रासस
२०७६ फाल्गुन ५, ११:२४ खबर संवाददाता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र निरीक्षण गरेर फर्किएका छन्। उनी सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएका हुन्।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कालापानी क्षेत्रमा हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसकेपछि हेलीकप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धनाथ पौड्यालले बताए। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ।

कमेन्ट लोड गर्नुस