कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजना घाइते, ठक्कर दिने चालक फरार
कैलाली: कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन्। आइतबार साझ कैलालीको गोदावरी नगरपालिका– २ महेन्द्रनगर रोडमा भएको उक्त दुर्घटनामा सरोज रोकाया घाइते भएका छन्।
महेन्द्रनरबाट अत्तरियातर्फ आइरहेको रोकायाले चलाएको बा२ख ९९२७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको से६प ६९०३ नम्बरको मोटरसाइकलल ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ठक्करबाट रोकायाको दाहिने खुट्टामा समान्य चोट लागेको र उनीलाई उपचारको लागी पदमा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
ठक्कर लिने मोटरसाइकल नियन्त्रणमा रहेको तर चालक भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।