श्रीवैष्णव महिला परिषद्को अध्यक्षमा दाहाल
धनगढी: श्रीवैष्णव पहिला परिषद्को अध्यक्षमा कौशल्या दाहाल निर्वाचित भएकी छन्। श्रीवैष्णव महिला परिषद् नेपालको धनगढीमा सम्पन्न द्धितिय महाधिवेसबाट केन्दिय कार्यसमिति अध्यक्षमा दाहाल निर्वाचित भएकी हुन्।
यस्तै उपाध्यक्षमा नारायणी मल्ल, महासचिवमा गोदा कुँवर, सचिवमा रिता घिमेरे, कोषाध्यक्षमा अम्बिका नेपाल निर्वाचित भएकी हुन्।
सदस्यहरुमा श्रीदेवी आचार्य, नर्वदा शर्मा, लक्ष्मी घिमेरे चयन भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ।
यस्तै प्रदेश संयोजकमा उर्मिला कुमार ढकाल १ नम्बर प्रदेश, यतिन्द्र तिमल्सीना २ नम्बर प्रदेश, जानुका अधिकारी बाग्मती प्रदेश, विष्णुकुमारी गौडेल गण्डकी प्रदेश, लक्ष्मी योगी ५ नम्बर प्रदेश, देवीसरा चालिसे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको लागि खञ्जरादेवी कुँवर चयन भएको निर्वाच समितिको कार्यालयले जनाएको छ।