सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेलाको जुस पिउनुहोस् फाइदै फाइदा

२०७६ फाल्गुन ४, ०५:४४ खबर संवाददाता

करेलामा कयौँ गुणकारी तत्व हुन्छन्। यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन्। करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ। एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ। यो त करेलाको कुरा भयो। त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि। 

यस्ता छन् यसका फाइदाः

तौल घटाउन मद्दत गर्छ करेला
करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ। यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ। यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ। 

करेलामा हुन्छ कम क्यालोरी
करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ। एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ। त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ। 

फाइबरयुक्त हुन्छ करेला
करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ। करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ। करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ। त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ। 

 बोसोयुक्त कोष बन्नबाट रोक्छ
एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ। यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ। यसले हाम्रो तौल घटाउन सहयोग गर्छ।

 

कमेन्ट लोड गर्नुस