सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हेलिकोप्टरद्वारा खाद्यान्न ढुवानी

२०७६ फाल्गुन ३, ०७:०७ डीवि विष्ट

बझाङ: हिमपातका कारण बाटो अवरुद्धभएपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ। नेपाली सेनाको हेलिकोप्टरले खाद्य संस्थान सुर्खेतबाट २५ क्विन्टल २० केजी चामल साईपाल गाउँपालिकाको धुलीमा  ढुवानी गरेको हो। बाटो अवरुद्ध बनेपछि उक्त क्षेत्रमा खाद्यान्नको अभाव भएको थियाे।

ढुवानी भएको चामल साईपाल गाउँपालिकाको धुली र बलौडी गाउँका स्थानीयलाई प्रति व्यक्ति ३ केजीका दरले वितरण गरिने भएको छ।  

जिल्लाको खाद्य संकटका हिसाबले यो गाउँपालिका उच्च जोखिममा रहेको छ। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस