सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा भट्ट मनोनित

२०७६ फाल्गुन ३, ०५:१४ खबर संवाददाता

धनगढी: नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको जिल्ला सदस्यमा दिनेश खबरकर्मी रोशन भट्ट मनोनित भएका छन्। महासंघका अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा बसेको नयाँ कार्य समितिको पहिलो बैठकबाट भट्ट सदस्यमा मनोनित भएका हुन्। 

महासंघको पहिलो बठक धनगढी उप–महानगरपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल देवहरिया बनस्पती उद्यान(जाखोर ताल) मा सम्पन्न भएको छ।

बैठकमा महासंघका आगामी योजनाबारे छलफलसंगै महत्वपुर्ण चार निर्णय गरिएको शाखाका अध्यक्ष पाण्डव पुजाराले बताए।  

कमेन्ट लोड गर्नुस