सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

२०७६ फाल्गुन ३, ०४:४४

अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन्। त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ। घटनामा परी अरु केही घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ।

आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए। –सिन्ह्वा

कमेन्ट लोड गर्नुस