कैलालीमा ट्याक्टरको ढालाबाट खसेर एक बालकको ज्यान गयो
धनगढी: कैलालीमा ट्याक्टरको ढालाबाट खसेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लम्की चुहा नगरपालिका– ६ बस्ने जगतराम चौधरीका ४ वर्षीय छोरा आयुषकुमार चौधरी रहेका छन्।
शनिबार दिउँसो खेल्ने क्रममा उनी आफ्नै घरमा रोकेर राखेको भे१त ५५८ नम्बरको ट्याक्टरको ढालाबाट खसेका थिए।
लडेर घाइते भएका उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।