सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

। फोटो स्रोत ।
२०७६ फाल्गुन १, ०५:१८

धनगढी : करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरापलिका वडा नम्वर १ बसन्त टोलमा करेन्ट लागेर उप–महानगरपालिकाकै वडा नम्वर १५ बस्ने २२ बर्षीय बिछोड चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘बसन्तटोलमा बसन्त चौधरीको घर निर्माणको लागि घरको तेस्रो तलामा सरिया तान्ने क्रममा उक्त सरिया बिद्युतको मेनलाईनमा छुन गई करेन्ट लागि उपचारको लागि असपतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।’

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस