सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुशासन प्रवर्दन गर्न सूचना प्रविधि केन्द्र

२०७६ फाल्गुन १, ०७:४९

धनगढी उपमहानगरपालिका – १७  मा सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ। उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले बुधबार संयुक्त रुपमा सो केन्द्रको शुभारम्भ गरे। 

केन्द्रमा स्थानीयले उपमहानगरपालिकामा शुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली  (आइएमएस) को प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने  विस्तृत योजना, योजनाको गुणस्तर तथा प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोबाइल एप्स’ मार्फत जानकारी प्राप्त गर्न सकिने र सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।   

नगरवासीको सजिलोका लागि सबै वडामा सूचना प्रविधि केन्द्र विस्तार गर्दै लैजाने सो अवसरमा नगर प्रमुख वडले बताए। उनले भने, “योजनाको भौतिक आर्थिक प्रगतिका साथै सबैले प्रतिक्रिया गर्न पाउने व्यवस्थासमेत गरिएकाले नागरिक तहबाट समेत निगरानी गर्न सकिन्छ।” क्यानडा सरकारका प्रतिनिधि गडले सूचना प्रविधि केन्दले उपमहानगरपालिकाको सुशासन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

धनगढी उपमहानगरपालिका–१५ र उपमहानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा सेसी परियोजनाअन्तर्गत सूचना प्रविधि केन्द्र यसअघिनै सञ्चालनमा छन्। रासस
 

कमेन्ट लोड गर्नुस