सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकल चोरीमा संग्लन ४ जना पक्राउ

२०७६ माघ २९, १०:१० खबर संवाददाता

धनगढीमा मोटरसाईकल चोरीमा संग्लन ४ जना पक्राउ परको छन्। सुरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर १० बस्ने बर्ष १९ का बसन्त रानालाई पक्राउ गरीएकोमा थप तीन जना चोरीमा संलग्न रहेको खुलेपछि चार जनालाई पक्राउ गरिएको हो।

धनगढी उपमहानगरपालीका वडा नम्बर १० जुगेडा बस्ने बर्ष १९ का बिजय राना, वडा नम्वर ७ बस्ने बर्ष १८ का निशान्त राना र वडा नम्वर १० जुगेडा बस्ने बर्ष १८ का मोहित रानालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरु माघ १८ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर बस्ने सुरेन्द्र घिमिरे को लु. ५३ प ५५७० नम्बरको मोटरसाईकल चोरीमा संग्लन रहेको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्धा दर्ता गर्दै  कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस