सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी एम्बुलेन्समा चित्तल तस्करी प्रकरण : चित्तलको मासुलाई प्रयोगशालामा पठाइदै

२०७६ माघ २८, ०६:३२ नरेन्द्र कार्की

दार्चुला: बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेस चालक डिलाशैनी गाउँपालिका ३ का २९ वर्षीय महेश बोहरामाथि अनुसन्धान प्रक्रिया अघि बढेको छ। डिभिजन वन कार्यालय दार्चुलाले बोहरामाथि सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

आइतबार महेन्द्रनगरबाट बैतडीको डिलाशैनी आउँदै गरेको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा चेकजाँचको क्रममा एम्बुलेन्सभित्र चित्तल फेला परेको थियो। मंगलबार डिभिजन वन कार्यायल दार्चुलाले चित्तलको मासुलाई परिक्षणको लागि विधी विज्ञान प्रयोगशाला काठमाण्डौ पठाउने तथा अन्य मासुलाई कुहिने भन्दै मुचुल्का उठाएर नष्ट गरेको छ। 

कुल ५ फिट ३ इन्च, लम्बाई तथा २ फिट ६ इन्च चौडाई भएको चित्तल एम्बुलेन्स भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोकुलेश्वरमा नियन्त्रणमा लिएको हो। बोहरामाथि वन्यजन्तु ओखेटोपहार ओसारपसार अन्तर्गत मुद्धा दर्ता गरिएको अनुसन्धान अधिकृत परमानन्द कुवँरले बताए।

नमूना परिक्षण पछि थप अनुसन्धानको काम गरिने उनले बताए। ‘एक हप्ता भित्र रिपोर्ट आएपछि जिल्ला अदालतमा पेश गर्छौ’ उनले भने ‘चित्तल कहाँ मारेर ल्याएको विषयमा अझै खुलेको छैन्।’

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस