सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सरोकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कार्की

२०७६ माघ २७, ०२:४१ खबर संवाददाता

धनगढी: राष्ट्रिय सरोकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा रविन्द्र कार्की चयन भएका छन्। आइतबार धनगढीमा बसेको बैठकले कार्कीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

समितिको  उपाध्यक्षमा राजेन्द्र सिँह, सचिवमा निरज चठौत, कोषाध्यक्षमा प्रविन श्रेष्ठ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः लक्ष्मी शाह, अवनिश सिंह, दिनेश चौधरी, पवन शेरचन र उत्तम खडका चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस