सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले बाडेको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक गाउँपालिका अध्यक्षका भतिजा

२०७६ माघ २६, ०५:०६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीको आरोपमा दार्चुलामा पक्राउ परेका चालक गाउँपालिका अध्यक्षका भतिजा रहेको खुलेको छ।

दार्चुलाको गोकुलेश्वरमा मृत अवस्थाको चित्तले सहित प्रहरीले नियन्त्रणमा लिएको बैतडीको डिलाशैनी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१–३६४ नम्बरको एम्बुलेसका चालक महेश बोहोरा गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहोराका भतिजा रहेको खुलेको हो।

गाउँपालिकाले करार सेवामा बोहोरालाई चालकमा नियुक्त गरेको थियो। शनिबार विरामी पुगाउन महेन्द्रनगर आएका बोहोराले कञ्चनपुरको शुँक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चित्तल लगेको आशंका गरिएको छ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र साउँदले एम्बुलेन्सबाट बरामद गरिएको मरेको चित्तल, चालक र एम्बुलेन्स सव डिभिजन वन कार्यालय चौलानीको जिम्मा लाईएको जानकारी दिए।

यता सव डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत परमानन्द कुँवरले चित्तल, चालक र एम्बुलेन्स डिभिजन वन कार्यालयलाई बुझाईने बताए। उनले घटनाको अनुसन्धान गरी कानून अनुसार कारवाहीको प्रक्रिया थालिने बताए। 
 

कमेन्ट लोड गर्नुस