सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका दुर्गम गाँउमा आयुर्वेद उपचार सेवा

२०७६ माघ २६, १२:५७ प्रकाश सिंह

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले दुर्गम गाँउमा पुगेर आयुर्वेद उपचार सेवा दिदै आएको छ। विगतमा कार्यालयबाट मात्र सेवा दिदै आएको केन्द्रले अहिले भने गाँउमा गएर उपचारसँगै आयुर्वेद स्वास्थ्य सन्देश पनि दिइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी प्रमुख दीक्षा भण्डारीले बताइन। 

केन्द्रले शनिबार समेत गाँउमा पुगेर क्लिनीक सञ्चालन गर्ने गरेको छ। ‘अरु समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्ने गरेको छाँै, बिदाको दिन गाँउघर क्लनीक सञ्चालन गर्ने गरेको छौँ।’ सूचना अधिकारी सितल साउँदले भने। जनशक्ति अभावमा विदाको दिन पनि  गाँउमा पुगेर सेवा दिने गरेको उनले बताए। 

गौमुल गाँउपालिका वडा नम्बर ३ का ६१ वर्षीय धनलुवारले गाँउमै पहिलो पटक आयुर्वेद उपचार सेवा पाएको वताए। ‘मार्तडी जान सक्ने अवस्था थिएन्, पुगाउने पनि कोही थिएन्, गाँउमै स्वास्थ्यकर्मी आएपछि दमको उपचार गरे’उनले भने 'गौमुल गाउँपालिकामा मात्र गाउँघर क्लिनिकमा एक सय १३ बढिले सेवा लिएका छन्।'

स्थानिय तहमा शिविर सञ्चालन गर्दा उनीहरुसंग पनि समन्वय गर्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुखदीक्षा भण्डारीले बताइन्। गाँउघर क्लिनिकमा नसर्ने रोगको उपचार तथा व्यवस्थापन सम्बन्धी जानकारी गर्ने मुख्य उद्देश्य रहेको छ।

क्लिनिकमा नसर्ने रोग दम, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेदोगत रोग, वाथ सम्बन्धी रोगको विशेष उपचार गरिएको कार्यालय प्रमुख भण्डारीले वताईन्। पछिल्लो समयमा गाँउघरमा पुगे आयुर्वेद उपचार पाँउदा स्थानिय निकै खुशी भएको गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए।

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले पनि आयुर्वेद कार्यालयले गरेको गाँउघर क्लिनिक निकै प्रभावकारी बन्दै गएको वताए। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा पछिल्लो समयमा उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ। कार्यालयको सेवा प्रभावकारी भएपछि उपचार गर्नेको संख्या पनि बढेको छ।

 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस