सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पत्रकार चौधरीलाई प्रकृति संरक्षण पुरस्कार

२०७६ माघ २५, ०४:१५ खबर संवाददाता

धनगढी: धनगढीका पत्रकार अविनाश चौधरी प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित भएका छन्।

वन तथा वन्यजन्तु र पर्यावरण संरक्षणमा योगदान पु¥याएको कदर गर्दै प्रकृतिका साथीहरु नामक संस्थाले उनलाई पुरस्कृत गरेको हो। स्याङ्जाको राङभाङमा आयोजना भएको ९औं लाटोकोसेरो तथा हुचिल उत्सवमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उनलाई सम्मान गरेका हुन।

यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल पनि उक्त पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रकृति संरक्षण पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

उनी धनगढीबाट गोरखापत्र दैनिकमा काम गरिरहेका छन्। त्यसैगरी पश्चिम टुडेमा कार्यरत चौधरी वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका छन्। उनी वन्यजन्तुको फोटोग्राफीसमेत गर्दै आएका छन् ।

कमेन्ट लोड गर्नुस