धनगढीको स्टेपिङ स्टोन ईङलिस स्कुलको वार्षिकोत्सव सम्पन्न
धनगढीको स्टेपिङ स्टोन ईङलिस स्कुलको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार स्टेपिङ स्टोन ईङ्लिस स्कुलले एक समारोहका विच २८ औँ वार्षिकोउत्सव मनाएको हो।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज जोशी रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर ओड थिए। वार्षिकोत्सवको अवसरमा विद्यार्थिहरुले विभिन्न सांस्कृतीक कार्यक्रम तथा नृत्य समेत देखाएका थिए।