धनगढीमा ज्योती लाईफ इन्सोरेन्सको प्रादेशिक कार्यालयको उद्धघाटन
धनगढीमा ज्योती लाईफ इन्सोरेन्सले प्रादेशिक कार्यालय स्थापना गरेको छ। कार्यालयको आज एक कार्यक्रमका बिच औपचारिक उद्धघाटन समेत गरिएको छ। राष्ट्रिय बिमा कम्पनीका प्रमुख चिरञ्जीवी चपागाईले कार्यालयको विधिवत रुपमा उद्धघाटन गरे।
ज्योती लाईफ इन्सोरेन्स सुदूरपश्चिमका प्रमुख देसराम चौधरीले सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने नेपालकै पहिलो बिमा कम्पनी रहेको बताए। उनले ज्योती लाईफ इन्सोरेन्सले २०७४ मंसिर १ गते देखी सेवा दिदै आएको बताए।