आइजीपी खनालद्वारा प्रहरी कार्यालय बझाङको नयाँ भवन उद्घाटन
बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङको नवनिर्मित भवनको उदघाटन गरिएको छ। मंगलबार विभागिय प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले एक कार्यक्रमका बिच भिडियो कलमार्फत भवनको उद्घाटन गरेका हुन।
कुल ८ करोड ६९ लाखको लागतमा निमार्ण भएको उक्त भवन तिन वटा फरक कम्पनीले तिन चरणमा निर्माण सम्पन्न गरेका थिए।
यसअघि कार्यालयको दैनिक कामकाज गर्न असहज भएको परिस्थितीमा अब नयाँ भवन निमार्णपछि कार्य सम्पादनमा सहज हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए। उनले मंगलबारदेखि नै उक्त भवनबाट सेवा सुरु भएको बताए।