सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा भेटियो युवकको शव, दुई युवतीसहित ५ जना पक्राउ

२०७६ माघ २१, ०३:२८ खबर संवाददाता

रौतहटको इशनाथ नगरपालिका–८ अपोलवाको एक नदीमा युवकको शव फेला परेको छ। इशनाथ नगरपालिका–८ मनसरीका २० वर्षीय एतेशामुल हकको शव सोमबार नदीमा फेला परेको हो।

स्थानीय मोतीपुर नरकटीमा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा एतेशामुल बाटोबाटै सम्पर्कविहिन भएका थिए। उनको कल डिटेलबाट अनुसन्धानका क्रममा उनको हत्या आशंकामा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस