दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु
दाचूृला : जिल्ला सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। दार्चुला तिंकर सडक खण्ड अन्तर्गत कलौन भीरबाट लडेर दुहुँ गाउँपालिका ३ बाटमुनीका ४५ वर्षीय धनपती कार्कीको मृत्यु भएको हो।
सोमबार बेलुकी घर फर्किने क्रममा भीरबाट ५० मिटर तल खसेका कार्कीको घट्नास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।