सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जनपुस्तकालयको ६३औँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

२०७६ माघ १८, ०४:५२ खबर संवाददाता

धनगढी : कैलाली जनपुस्तकालयको ६३औँ वार्षिकोत्सव तथा ४३औँ साधारण सभा सम्पन्न भएको छ। 

शनिबार धनगढीमा आयोजित कार्यक्रममा जनपुस्तकालयका अध्यक्ष टी एन जोशीले वि.स. २०१४ सालमा स्थापना भएको पुस्तकालयले विविध कार्यहरु गर्दै आएको बताए। कार्यक्रमको सभापती समेत रहेका उनले पुस्तकालयमा विभिन्न भाषा एवं विधाका २० हजार बढी पुस्तकहरु रहेका बताए। 

उक्त वार्षिकोत्सव कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा वार्षिक आयव्यय विवरण प्रस्तुत गरिएको थियो। गत आर्थिक वर्षको ११ लाख ३५ हजार ३ सय आयव्यय रहेको जनपुस्तकालयले प्रस्तुत गरेको विवरणमा उल्लेख छ। 

जसमध्ये पुस्तकालयले विभिन्न खर्च शिर्षक देखाउँदै ४ लाख २ हजार २ सय १७ नोक्सान भएको विवरणमा उल्लेख गरेको छ। पुस्तकालयले चालु आर्थिक वर्ष २०७६÷०७७ को ६० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेको छ। 

पुस्तकालयले वार्षिक रुपमा कर्मचारी तलब शिर्षकमा ३ लाख ८० हजार खर्चिदै आएको छ। त्यस्तै पुस्तक खरीदमा १ लाख ५० हजार  सभा समारोहमा १ लाख, निर्माण शुधारमा ४५ लाख, विविध शिर्षकमा २ लाख गरी विभिन्न शिर्षकमा ५ लाख १ हजार २ सय खर्चिने जनाइएको छ। 

पुस्तकालयले चालु आर्थिक वर्षमा ८१ हजार ८ सय बचत गरिने अनुमानित आयव्यय विवरण प्रस्तुत गरेको छ। 

कमेन्ट लोड गर्नुस