सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न उद्योग धन्दाको विकास आवश्यक : महाविर पुन

२०७६ माघ १८, ०४:३२ खबर संवाददाता

धनगढी: राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महाविर पुनले देशमा पर्याप्त उद्योग धन्दाको विकास नहुञ्जेल गरिबी र बेरोजगारी व्याप्त नै रहने बताएका छन्। शनिबार कैलालीको धनगढी उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय तहहरु सँगको समन्वयात्मक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन। 

गरिबी र बेरोजगारी बढेकाले अहिलेका युवापिँढी लागुऔषध तथा दुव्र्यसनीतर्फ धकेलिरहेका बताउँदै यसलाई निरुत्साहित पार्न सरकार स्वयंम सक्रिय हुनुपर्नेमा उनले जोड दिए। उद्योग धन्दाको विकासबाट बेरोजगार युवाहरुलाई रोजगारीतर्फ धकेल्नसके उनीहरु गलत कार्यतर्फ उन्मुख नहुने पुनले बताए। 

गोष्ठीमा बढ्दै गएको लैङ्गिक हिंसा फैलिदै गएको लागुऔषधको जालो र मदिरा नियन्त्रण सम्बन्धी छलफल भएको छ। लैङ्गिक हिंसा बढ्दै गएको भन्दै सरोकारवाला निकायले यसको गम्भिरतामा ध्यान पु¥याईनुपर्नेमा जोड दिए।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा नियन्त्रणका लागि सर्वप्रथम समाजमा देखापरेको भेदभावको स्थितिलाई चिर्नुपर्नेमा जोड दिइन्। उनले समाजमा छोराछोरी भन्दै विभेद गर्ने परिपाटि अझै नहटेकाले लैङ्गिक हिंसा कायमै रहेको बताइन्। उनले यस्ता प्रवृतिलाई निरुत्साहित पार्न जरुरी रहेको औँल्याईन्। 

गोष्ठीमा कैलालीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस