कैलालीको अत्तरियामा तीन दिनदेखि वेपत्ता युवती मृत फेला
कैलालीको अत्तरियामा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। गोदावरी नगरपालिका वडा नम्वर २ घर भई १६ गतेदेखि वेपत्ता रहेकी २३ बर्षीय उर्मिला विष्ट कार्की मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार अत्तरिया स्थित खानेपानी ट्याङकी नजिक विष्ट मृत फेला परेकी हुन्।
१६ गते घास काट्न गएकी विष्ट १७ गते सम्म पनि फिर्ता नभएपछि परिवारका सदस्यले खोजतलासका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए। स्थानीयले घटना संकास्पद भएको बताएका छन्।
घटनास्थलमै रहेका मृतकका आफन्त डवल बोहराले घटना संकास्पद भएको भन्दै छानविनको माग गरे। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बस्नेतले घटनाको अनुसन्धान भईरहेको बताए।