सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते

२०७६ माघ १८, १०:४६ खबर संवाददाता

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३७ नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्ष ज्ञानवहादुर विष्टले बताए। घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस