धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ
धनगढी: धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन्। उपमहानगरपालीकाको वडा नम्बर ४ मा चेकजाँचका क्रममा उनीहरुलाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो।
वडा नम्वर ५ का १९ बर्षीय बिराट रावल र अछाम मंगलसैन नगरपालीका वडा नम्वर १ जुपुका २१ बर्षीय राजेन्द्र रावललाई सुरुमा पक्राउ गरिएकोमा उनीहरुलाई विक्री गर्ने धनगढी उपमहानगरपालीका वडा नम्बर ७ देवरीया बस्ने रोण्डा भन्ने फुलचन रानालाई समेत पक्राउ गरिएको हो।
राना तीन वटा मुद्दामा फरार थिए। तीनै जना विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।