सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत भेटिए

२०७६ माघ १७, ०३:२३ खबर संवाददाता

कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सख्खड भजनी सडक खण्डमा सोही ठाउँका अन्दाजी ४५ वर्षीय खेम चौधरी बीहिबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले चौधरी सडकको नालीमा मृत भेटिएको बताए। पिसाब फेर्न जान्छु भनी हिडेका चौधरी मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस