कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा धनगढीका दुई जना घाइते
धनगढी: कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहिबार राती से४प ५४२४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी धनगढी उप–महानगरपालिका– २ सन्तोषी टोल निवासी विजय खत्री र अञ्जु चौधरी घाइते भएका हुन।
पूर्वबाट पश्चिम आउदै गरेका उनीहरु गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा मोटरसाईकल दुर्घटनामा परेका हुन्। उनीहरुलाई सशस्त्र प्रहरी बल वनबेहडाको एम्बुलेन्समा पद्मा अस्पताल अत्तरिया ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार चौधरीको अवस्था गम्भीर रहेको छ।