सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको शारदा माविको ६२ औँ बार्षिकोत्सव सम्पन्न

२०७६ माघ १६, ०६:५५ खबर संवाददाता

कैलालीको शारदा माध्यामिक विद्यालयको ६२ औँ बार्षिकोत्सव सम्पन्न भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ श्रीपुरमा रहेको विद्यालयले ६२ औँ बार्षिकोत्सव मनाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसिँह ऐरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य चुनकुमारी चौधरी प्रमुख अतिथि रहेकी थिईन्। कार्यक्रममा विद्यालयका प्रधानध्यापक भोजराज जोशी, शिक्षक केदार पन्त, सुरेशानन्द भट्ट लगायतका शिक्षक तथा विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस