सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीद्धारा धनगढीमा सडक मर्मत

२०७६ माघ १६, ०४:१३ खबर संवाददाता

साझा पार्टी कैलालीले धनगढीमा सडक मर्मत गरेको छ। साझा पार्टीको अभियान विभागले आज धनगढी उप–महानगरपालिका वडा नम्बर २ सन्तोशी टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि एसपीए कलेजको चौक सम्म मर्मत सम्भार गरिएको जनाएको छ।

साझा पार्टी कैलालीको अभियान विभाग प्रमुख चुन्नु केसीले सडकमा ग्रावेल हाल्दै मर्मत गरिएको जानकारी दिए। सडकमा परेका खाल्डाखुल्डीले आवातजावतमा समस्या भएपछि दुई ट्रली ग्रावेल हालिएको केसीले बताए। 

 

 

कमेन्ट लोड गर्नुस