सैनिक आवासीय महाविद्यालय तेघरीको वार्षीकोत्सव सम्पन्न
कैलाली: सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीको वार्षीकोत्सव सम्मन भएको छ। महाविद्यालयको नवौं अभिभावक दिवस अर्थात वर्षीकोत्सव आज सम्पन्न भएको हो।
सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी वालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद तथा पुरस्कार वितरण गरिएको थियो। महाविद्यालयमा नियमित रूपमा प्रशिक्षण गराइने खेल तेक्वान्दो, राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले आफनो कौशल प्रदर्शन गरेका थिए।
शैक्षिक सत्र २०७५ मा विभिन्न विधामा तथा कक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई प्रमुख अतिथिले पुरस्कार हस्तान्तरण गरेका थिए। चौतर्फी विकास गर्ने कार्यमा महाविद्यालय निरन्तर लागिरहेको कार्यक्रमका प्रमुख अथिति कार्कीले बताए।
कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुखपत्र ‘गोदावरी’ को नवौं अंकको विमोचन गरिएको महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले बताए।