सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलाली कार्य सम्पादनमा उत्कृष्ट

२०७६ माघ १५, ०७:१९ खबर संवाददाता

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलाली कार्य सम्पादनमा देशभरीमै उत्कृष्ट भएको छ। गत आर्थिक वर्ष २०७५÷०७६ मा कार्य सम्पादनमा उत्कृष्ट भएको कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आज काठमाडौँमा उत्कृष्टताको प्रमाण पत्र सहित सम्मान समेत गरिएको छ।

काठमाडौंमा भएको सार्वजनिक वित्त व्यवस्थापन चौथो राष्ट्रिय गोष्ठीमा प्रमुख कोष नियन्त्रक लक्ष्मीराज जोशीलाई महालेखा नियन्त्रक गोपीनाथ मैनालीले कदरपत्र सहित सम्मान गरे। यस्तै क्रमशः दाङ दोस्रो र संखुवासभा तेस्रो भएका छन्।  

कमेन्ट लोड गर्नुस