धनगढीकाे मुढा टाेलमा नवदुर्गा मुर्तिको परिक्रमा
धनगढी: धनगढी उपमहानगरपालीका– १३ झलारीको मुडा टोलमा नवदुर्गा मुर्तिको परिक्रमा गराइएको छ। नवनिर्मित नवदुर्गा मन्दिरमा स्थापना गर्न उक्त मुर्तिलाई आज झलारी मुडा टोलका स्थानीयहरुले परिक्रमा गराएका हुन।
उक्त मुर्ति धनगढी उपमहानगरपालिका– ४ शहित गेट चटकपुर निवासी प्रेम खडकाको परिवारबाट निर्माणगरि हस्तान्तरण गरिको थियो। गणेश रुद्रि सत्यनारायणको पुजा सम्पन्न पश्चात भोली मुर्ति स्थापना गरिने नवदुर्गा मन्दिर उपभोक्ता समितिका अध्यक्ष खडक बोगट्टीले बताए।
२५ लाखको लागतमा मन्दिरको निर्माण सम्पन्न भएको समितीका कोषाध्यक्ष मोहन बहादुर कुवँरले जानकारी दिए। धनगढी उपमहानगरपालीले ५ लाख, वडा नम्बर १३ को वडा कार्यालयले ३ लाख र अन्य स्थानीयको श्रमदानबाट मन्दिरको निर्माण सम्पन्न भएको उनले बताए।