बौनिया जेसिजको अध्यक्षमा शाही
कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया जेसिजको अध्यक्षमा केशव शाही चयन भएका छन्। मंगलबार सम्पन्न बौनिया जेसिजको नवौँ शाखा अधिवेशनबाट वर्ष २०२० को अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्।
वर्ष २०१९ का कार्यकारणी उपाध्यक्ष शाही सामाजिक सेवा लगायत विभिन्न संघसंस्थामा आवद्ध छन्। जेसिजको विधान अनुसार अध्यक्ष सहित दुईजना कार्यकारणी उपाध्यक्ष, चार जना उपाध्यक्ष र एक जना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनुपर्ने भएकाले सोही अनुसार साधारण सभाबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष चक्र शाहीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपमन्त्री राकेश हमाल, बौनिया जेसीजका पूर्वअध्यक्ष गणेशप्रसाद भट्ट, कृष्ण बिष्ट, समाजसेवी देवराज स्वारले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन महासचिव मिलन ओलीले गरेका थिए।
बौनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाहीको सभापतित्वमा भएको शाखा अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सभासद लिलाजंग शाही रहेका थिए।