सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्मार्ट लाईसेन्सका लागि महिनौँ पर्खिनुपर्ने बाध्यता कायमै

२०७६ माघ १५, १२:२२ रोशन भट्ट

यातायात व्यवस्था विभागको ढिलासुस्तीका कारण सवारी चलाउन योग्य हँुदा पनि स्मार्ट लाईसेन्सका लागि महिनौ कुर्नुपर्ने बाध्यता कायमै छ। स्मार्ट कार्ड छाप्ने उपकरण स्वदेशमै भएपनि विभागको ढिलासुस्तीका कारण स्मार्ट कार्डकै लागि एक वर्ष भन्दा बढी पर्खिनुपर्ने अवस्थाको अन्त्य नभएको हो।

यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाईसेन्सको स्मार्ट कार्ड वितरण गर्न सुरु गरेपछि धनगढीबाट मात्रै ७० हजार भन्दा बढी आवेदन परेकोमा झण्डै २५ हजारको मात्रै स्मार्ट कार्ड आएको छ भने बाँकी नयाँ पुराना गरी ४५ हजार बढि स्मार्ट कार्ड छापिएका छैनन्।

हाल सम्म धनगढीबाट मात्र झण्डै ७० हजार जना लाईसेन्स पाउन योग्य भईसकेको यातायात व्यवस्था कार्यालयका प्रमुख लक्ष्मण शाहले बताए। ‘अहिले स्मार्ट लाईसेन्स आउन समय लाग्दैछ।’ उनले भने ‘अब केही सहज हुन्छ।’, ‘लाईसेन्स छाप्ने उपकरण देशमा नै छ। यसअघी विदेशबाट लाईसेन्स छाप्नुपर्ने बाध्यता थियो।

लाईसेन्स पाउन योग्य भएर पनि नभए जस्तो भईरहेको गुनासो सवारी चालकहरुले गरेका छन्। सुदूरपश्चिमको अर्को यातायात व्यवस्था कार्यालय मेहन्द्रनगरमा छ। उक्त कार्यालयबाट भने निकै कम मात्रमा लाईसेन्सको लागि आवेदन परेको छन्। तर स्मार्ट लाईसेन्स पाउन एक वर्ष विताउनुपर्ने बाध्यता महेन्द्रनगरका सेवाग्राहीहरुलाई पनि छ।

महेन्द्रनगरबाट वार्षीक रुपमा ६ हजारले लाईसेनसको परिक्षा पास गर्ने गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख कविन्द्र ओझाले बताए। ‘गत वर्ष ट्राईल पास गरेकाहरुको लाईसेन्स आउन बाँकी छ।’ उनले भने ‘८ महिनादेखि एक वर्षपछि मात्रै स्मार्ट लाईसेन्स आउने गरेको छ।’

धनगढीका लागि यातायात विभागले २५ हजार स्मार्ट कार्ड हाल सम्म छापेको छ। तर सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राखेको दावी यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालको छ।

‘सुदूरपश्चिमकाका सबै कार्ड १० देखि १५ दिन सम्म छापिन्छन्।’ उनले भने ‘अबको केही महिना भित्र २०१९ सम्मका सबै स्मार्ट कार्ड छापेर पठाउने तयारी भईरहेको छ।’

स्मार्ट लाईसेन्स नहुँदा नगदी रसिदले नै लाईसेन्सको काम गरिरहेको छ। तर त्यसको दुरुपयोग समेत हुने गरेका कारण दुर्घटना दिन प्रतिदिन बढिरहेको आशंका गरिएको छ। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस