‘सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट भएर पनि केही भएन’
पश्चिम नेपालको अन्तीम केन्द्र कञ्चनपुर। नेपाली भूमिलाई पश्चिम र दक्षिण दुवै क्षेत्रबाट मित्र राष्ट्र भारतले जोडेको छ। सीमा जोडिएको पश्चिम र दक्षिणी क्षेत्रका बासिन्दाको छिमेकी देशका बासिन्दासँग भाईचाराको सम्बन्ध पनि सदियौँदेखि कायम छ।
सीमामै बस्ने भएकै कारण राष्ट्रबाट उपेक्षामा परेको महसुस गरेका सीमावर्ती नागरिकलाई अहिलेको संघियताले पनि खासै छुन सकेको छैन्। उनीहरु भावना बुझन सक्ने नेतृत्वको खोजीमा छन्। तर स्थानीय पालिका र प्रदेश सरकारबाट पनि उक्त नेतृत्व भेटाउन नसकेको गुनासो उनीहरुको छ।
असल नेृतत्व नभएकै कारण दिक्क छन् उनीहरु। अधिकांश व्यक्ति गलत क्रियाकलापमा संलग्न छन्। खुला सीमा नाका भएकै कारण दैनिक कालो बजारी, डाका चोरी र अवैध हातहतियार ओसारपसार लगायतका गतिविधी फस्दै गएका उदाहरण धेरै छन्।
अवैध गतिविधीमा स्थानीयको संलग्नता बढ्दै जानुको एउटै कारण इमानदार भएर काम गर्ने वातावरण नहुनुका रुपमा लिईएको छ। भारतसंग सीमा जोडिएका दक्षीणी क्षेत्रको बेलौरी नगरपालिकाका नागरिकको समस्या पनि यस्तै छ। १० वडा रहेको बेलौरीमा दुई वर्ष अघि वडा नम्बर ९ मा २५ जना युवाको समूहले स्वरोजगार बन्नका लागि फरक फरक स्थानमा कुखुरा फार्म निर्माण गरे।
बिडम्बना अहिले फार्म सञ्चालन गर्न सकेनन् उनीहरुले। कारण हो, भारतबाट मिलेमतोमा हुने कुखुरा तस्करी। सोही विषयलाई लिएर कुखुरा व्यवसायी संघले तस्करी रोकेर आन्तरिक उत्पादनलाई बजारीकरण गर्न सहयोग पुगाउन माग गर्दै प्रहरीलाई ज्ञापनपत्र बुझायो। तर सुनवाई भएन।
सुनवाई होस पनि कसरी राष्ट्र सेवक भनिएका तीनै प्रहरीकै मिलेमतोमा सीमाबाट कुखुरा तस्करी भईरहन्छ। लगतै उनीहरुले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि ज्ञापन बुझाए। मुख्यमन्त्रीबाट हुन्छ भन्ने आश्वासन बाहेक केही पाएनन् उनीहरुले।
अन्ततहः युवाहरुले बाध्य भएर कुखुरा फार्म बन्द गर्नुप¥र्यो। कञ्चनपुरको दक्षिणी क्षेत्रमा रानाथारु समुदायको बाहुल्यता छ। गत बुधबार बेलौरी नगरपालिकाको कलकत्ता बजारको एउटा चिया पसलमा पुग्दा मुख्यमन्त्री भट्टको चर्चा चल्दै थियो।
‘वषौँदेखि गरिबी, अशिक्षा र बेरोजगारीको पीडा खेप्दै आएका सुदूरपश्चिमबासीको बागडोर सम्हालेका मुख्यमन्त्री भट्टको पाईला टेक्ने साहस नै छैन।’ ‘बेरोजगार जनतालाई रोजगारी त दिन सकेनन्, ईमानदारीता पूर्वक काम समेत गर्न दिएनन्’ आपसमा गफिदै उनीहरु भन्दै थिए।
‘इमान्दार भएर आफ्नै परिश्रम र लगानीमा स्वदेशमै केही गर्ने हामी जस्ताका लागि पनि सहज वातावरण बनाउन सकेनन्। उनी आफुलाई कस्तो शासक घोषित गर्न खोजिरहेका छन् त्यो जनताले बुझ्न सकिरहेका छैनन्।’ ती मध्येका एक भन्दै थिए।
हुन पनि हो, न त उनी आफ्ना संयन्त्रको उचित प्रयोग गर्न सकिरहेका छन्, न त गरिबीको भुमरीमा परेका जनताको रोजगारीको ग्यारेन्टी नै। कञ्चनपुरको खुल्ला सीमा नाकाबाट अवैध रुपमा दैनिक सयौँ क्वीन्टल चिनी, नुन अवैध रुपमा आउँछ।
राष्ट्र सेवक प्रहरी भने माथिको आदेश भन्दै तस्करबाट हप्ता उठाउनमै व्यस्त देखिन्छ। सायद उनीहरुलाई राज्यले दिएको सेवा सुविधा कम परेर तस्करी गर्न बाध्य भएको हुनुपर्छ।
सञ्चार माध्यममा हुने चर्चा पनि फजुल
पत्रकारहरु गाउँका कुनाकन्दरा पुगेर आम नागरिकले भोग्नुपरेका पीडा बाहिर ल्याउँछन्। सम्बन्धीत निकायसंग खबरदारी गर्छन्। ती पीडा केही समय खुबै चर्चा र बहसको विषय बन्छन्। तर विस्तार ती विषय सेलाउँदै जान्छन्। न्याय पाउँने आशमा बसेका पीडितहरुको आस पनि मर्दै जान्छ।
फेरी पूरानै दिन आउँछन् उनीहरुको जीवनमा। अनेक समाधानका विकल्प खोज्छन् तर अह सम्बन्धीत पक्षले पीडा नै नबुझे कस्को के लाग्छ र। फेरी फेरी उस्तै पीडा र वेदनाको सामना गर्नुपर्छ गरिबीको मारमा परेका जनताले। खेती गरौँ भने नेतृत्व तहमा बस्नेहरुलाई छाडा चौँपायाको वास्ता छ्रैन्।
उचित वातावरण नै मिलेको छैन्। त्रिलोचन भट्ट सुदूरपश्चिबासीका होईनन् आफ्नो परिवार, नातागोता र आसेपासेका लागि मात्रै मुख्यमन्त्री हुन् की? दुई वर्षको उनको कार्यकालले त्यस्तै झल्को दिएको गुनासो नागरिकेको छ। होईन भने खोई आम प्रदेशबासीले न्याय र अवसर पाएको यहाँ।
मुख्यमन्त्री भट्टले के का लागि कुर्सी ओगटेका हुन्। जनताले प्रश्न गर्न थालेका छन्। ‘उनीमा क्षमता नभएको हो वा गर्न नचाहेका हुन् ?’ दिनुहु औपचारिक कार्यक्रममै व्यस्त हुने मुख्यमन्त्री ज्यूलाई जनतासंग भेट्न कहाँ समय हुन्छ र ?