सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता छन धनिया खानुका फाइदा

२०७६ माघ ११, १०:४९ खबर संवाददाता

धनिया एक जादुमयी बिरुवा हो। धनिया खानेबानी बसेपछि योबिना खानेकुरा रुच्दैन। धनिया स्वास्थ्यका लागि पनि आवश्यक छ। धनियाको दानाभन्दा पातको प्रयोग धेरै गरिन्छ। यसको दाना धेरै गुणकारी हुन्छ। धनियाको दानाले स्वास्थ्य सम्बन्धी कुन–कुन समस्यालाई निको पार्छ ? 

पाचन प्रक्रियामा सुधार

धनिया पाचन प्रक्रियालाई बलियो बनाएर राख्छ। पेट सुनिन्ने, ग्याष्ट्रिक, झाडापखाला, वान्ता आदि जस्ता विभिन्न समस्याहरूलाई कम गर्न मदत गर्दछ। धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ। त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ। जसका कारण फोक्सो सही तरिकाले आफ्नो काम गर्दछ।

बोसो घटाउछ 

धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ। धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ। यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ। धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ।

डाइविटिजका लागि लाभकारी

डाइविटिजबाट पीडितहरूका लागि धनिया प्रभावकारी छ। यसमा धेरै मात्रामा ऐंटीअक्सिडेन्टस र अन्य जरूरी तत्व हुन्छ। जसले ब्लड सुगरलाई रेग्युलेट गर्न मदत गर्छ। यसका साथै धनियाले तौल घटाउन र मोटोपन कम गर्न मदत गर्दछ।

कपाल र छालाका लागि फाइदा

धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ। यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ।

कमेन्ट लोड गर्नुस