सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीपाइले रोग निवारण अभियान अन्तरगत सरोकारवलाहरु सँग अन्तरक्रिया

२०७६ माघ ११, ०८:०६ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिकाले हात्तीपाइले रोग निवारण अभियान २०७६ र ६७औ कुष्ठरोग दिवसको अवसरमा शनिवार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ।

अन्तरक्रिया कार्यक्रमको धनगढी उप–महानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरेकी हुन। अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रशासन, स्वास्थ्यकर्मीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख भट्टले हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने अभियान सफल बनाउनका लागि सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको बताइन। 

‘अभियानका बारेमा व्यापक प्रचारप्रसार गरेर सबैले अभियानका बारेमा जानकारी पाउने वातावरण बनाउनुपर्छ’ उपप्रमुख भट्टले भनिन्, ‘राष्ट्रिय अभियान भएकाले त्यसमा सबको सहयोग जुरुरी छ।'

कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रशाद सापकोटाले जानेबुझेका व्यक्तिहरुले नै हात्तीपाइलेको औषधि नखाने गरेकाले यसको गलत सन्देश आउने गरेको बताए। उनले भने,  ‘माघ २५ गतेबाट अभियान सुरु हुने भएकाले सबैलाई औषधि खुवाउन म त्यसमा खटिने साथीहरुलाई आग्रह गर्दछु।’

कमेन्ट लोड गर्नुस