सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जुगेडामा मनाइयो सोनाम ल्होसार पर्व

२०७६ माघ ११, ०७:३७ खबर संवाददाता

धनगढी: कैलालीमा भएका तामाङ समुदायले सोनाम ल्होसार मनाएका छन्। नेपाल तामाङ घेदुङ कैलालीले धनगढी उप–महानगरपालिका १२ जुगेडामा तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसार कार्यक्रम आयोजना गरेको छ। 

सोनाम ल्होसार कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दे नगरप्रमुख वडले तामाङजाति नेपालको कर्मबिर जाति भएको बताए।  ‘अहिलेपनि जनजाती समुदाय राज्य व्यवस्था र सरकारसँग असन्तुष्ठी रहेका देखिन्छन्, बहुमतको सरकारले छलफलका माध्यमबाट असन्तुष्टी सम्बोधन गर्नुपर्छ’उनले भने।  जनजाति समुदायको मागका लागी तहबाट सदैव सहयोग र समन्वय गर्न तयार रहेको नगरप्रमुख वडले बताए। 

सोनाम ल्होसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। मञ्जुश्री पात्रो अनुसार शनिवार देखि २८ सय ५६ औं वर्ष सुरु हुन्छ। आजदेखि सुँगुरवर्ष पूरा गरी मुसावर्ष प्रवेश हुन्छ। 

मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ। १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने संस्कृतिविदहरुको भनाइ छ।

कमेन्ट लोड गर्नुस