सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय स्तरउन्नतीका लागि कैलालीको गौरीगंगामा अमरस्वर्ण महोत्सव तथा महायज्ञ

२०७६ माघ ११, ०६:५५ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका– ६ बनबेहडामा अमर स्वर्ण महोत्सव तथा महायज्ञ आयोजना गरिएको छ। अमर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा स्वर्ण महोत्सव तथा श्रीमतभागवत धन धान्याञ्चल बिराट सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो। 

शनिबार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजीक विकास मन्त्री तथा सांसद दिर्घराज सोडारीले उक्त महायज्ञको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले त्यस क्षेत्रकै  पुरानो विद्यालयको स्तरउन्नतिका लागि आयोजना गरिएको महायज्ञ उपलब्धिमुलक बन्नेमा आफु विश्वस्त रहेको  बताए। उनले स्वर्णजयन्ती र महायज्ञ  सफल पार्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।  साथै सांसद सोडारीले विद्यालयको भौतिक संरचना तथा शैक्षिक स्तर उन्नतिका आफुले आफ्नो संसदीय कोषबाट र व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। 

त्यस्तै उद्घाटन कार्यक्रमका विशष्ट अतिथी रहेका गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिमबहादुर देउवाले उक्त महायज्ञले युवा पुस्तामा आफ्नो धर्म संस्कृतिप्रति उत्साहित जगाउन र विद्यालयको भौतिक पूर्र्वाधार तथा शैक्षिक स्तरउन्नतिमा टेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उजिरसिंह कुवँरले विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको त्यस कार्यमा सबैले सहयोग गरिदिनहुन अनुरोध गरेका थिए। 

महायज्ञको पहिलो दिन १० लाख रकम संकलन भएको आयोजकले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस