सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान

२०७६ माघ ११, ०५:२० खबर संवाददाता

धनगढीः  धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जांँच र घरदैलो अभियानको सुरु गरेको छ। रिसर्च सेन्टरले धनगढी उपमहानगरपालिका–६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरमाबाट उक्त अभियानको सुरुवात गरेको हो।

पछिल्लो समयमा ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ। सोहि कारण यो अभियान सुरु गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामिले बताए। शहरभन्दा टाढा पछिपरेका समुदायप्रति आफुहरुको पनि उत्तरदायित्व उत्तिकै रहेकोले निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरिएको उनले बताए।

उक्त अभियानको उद्धघाटन कृष्ण मन्दिरका अध्यक्ष  उमाकान्त जोशिबाट रगत लिएर गरिको रिसर्च सेन्टरका अध्यक्ष धामीले बताए। मधुमेह जाँच गरिएको शिविरमा महिला पुरुषगरि जम्मा १ सय ५  जनाको रगत जाँच गरिएको छ।
रगत जाँच गरेका मध्ये १० जानलाई मधुमेहको लक्षण देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक महेन्द्र साउँदले बताए।  

अभियानकै क्रममा ईन्जिनियरहरुको पनि निःशुल्क मधुमेह जाँच र मृगौला  जाँच गरिएको छ। धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिको भवन अगाडी २९ जनामा उक्त जाँच गरिएको छ। जसमध्ये एकजना मृगौला रोगी र दुई जनामा मधुमेह रोगको लक्षण देखापरेको  रिसर्च सेन्टरका निर्देशक साउँदले बताए। 

संस्थाले हप्ताको शनिवार निःशुल्क मधुमेह जाँच र बाँकि दिन घरदैलो कार्यक्रम गर्ने जनाइएको छ।  

कमेन्ट लोड गर्नुस