सुदूर नेपाललाई विश्वसँग जोड्दै

इसेवाको ११ औँ बार्षिकोत्सवमा धनगढीको दृष्टि फाउण्डेसनलाई सहयोग

२०७६ माघ ११, ०४:०१ खबर संवाददाता

इसेवाको ११ औँ बार्षिकोत्सवमा धनगढी स्थीत दृष्टि फाउण्डेसनलाई सहयोग गरिएको छ। इसेवाको प्रदेश कार्यालयले फाउण्डेसनलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो। बार्षिकोत्सवको अवसरमा फाण्डेसनलाई एक थान ग्यास, ५ किलो घ्यु, २ कठ्ठा चामल र फलफूल हस्तान्तरण गरिएको हो। इसेवा प्रदेश इन्चार्ज मञ्जु पराजुली, जिल्ला संयोजक कमल बम लगायले फाउण्डेसनलाई सामाग्री हस्तान्तरण गरे। 

यस्तै इसेवाले दृष्टि फाउन्डेसनको आर्थिक अवस्था सुदृढीकरणका लागि क्युआर कोड पनि उपलब्ध गराउने इसेवाका जिल्ला संयोजक कमल बमले बताए। उनका अनुसार क्युआर कोडबाट सहयोग गर्न चाहने व्यक्तिले देशको विभिन्न स्थानबाट मोबाईल बैंकिङको माध्यमबाट सहयोग गर्न सक्नेछन्। 

इसेवा नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक हो। सन् २००९ बाट सञ्चालनमा रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन्। इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन्।

 

कमेन्ट लोड गर्नुस