सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसको असहाय कोषकी उपसंयोजक भण्डारीको जन्म दिनमा सहयोग

२०७६ माघ ११, १२:१७ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग एवंम आर्थिक कोषकी उपसंयोजक अभिलाषा भण्डारीको जन्म दिनको अवसरमा सहयोग गरिएको छ। सडक मानवलाई साहारा दिदै आएको धनगढीको मानव सेवा आश्रममा जन्म दिन मनाउदै भण्डारीले सहयोग गरेकी हुन्।

मानव सेवा आश्रममै पुगेर भण्डारीले दाल, चामल, पिठो लगायतका खाद्यान्न तथा नुन, तेल, साबुन, सुजि चिउरा,भुजा,बिस्कुट साबुन, सर्फ, मसला,चिनी, चिया पत्ती लगायतका समाग्रीहरु असहायको सहयोगार्थ हस्तान्तरण गरिन्। समाग्री हस्तान्तरण गर्दै भण्डारीले असहायसंग जन्मोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरिन्।

कार्यक्रममा हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, भण्डारीकी आमा अम्बिका भण्डारी, ह्याप्पीनेसको  इमरजेन्सी मेडिकल टीमका सदस्य एवं दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशी, मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरु लगागतको उपस्थिती रहेको थियो। हेल्प फर ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनका अवसरमा असहायहरुलाई सहयोग गर्दै आएको छ। 

 

 

कमेन्ट लोड गर्नुस