सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकासका नाममा घर घर सडक पुर्‍याउन नखोजौँ : मुख्यमन्त्री भट्ट

२०७६ माघ १०, १०:३८ खबर संवाददाता

डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका नाममा घरघरमा सडक पु¥याउनु खोज्नु उपयुक्त नहुने बातएका छन्। बोगटान फुडसिल गाउँपालिका–४ पातली खेत र घाटलाया सातफरी सडक आज उद्घाटनका क्रममा मुख्यमन्त्री भट्टले पहाडी क्षेत्रमा घरैपिच्छे सडक पु¥याउन भौगोलिक  रूपमा पनि सम्भव नभएको बताए।

उनले भने, “जता मन लाग्यो त्यतै सडक खन्दै जाने हो भने यसले बाढीपहिरो र भूक्षय निम्त्याउन सक्छ, सडकका नाममा डाँडाकाँडा भत्काउन बन्द गरौँ।” 

नयाँ सडक काट्दै जानेभन्दा बरु काटिएका सडकहरूको स्तरोन्नति गर्नमा ध्यान दिनुपर्ने सोत मुख्यमन्त्री भट्टले बताए। मुख्यमन्त्री भट्टले प्रदेश सरकारले सडकको स्तरोन्नतिको कार्यलाई प्राथमिकता दिएको जानकारीसमेत दिए। मुख्यमन्त्री भट्टले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए। उनले भने, “प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना र कामबारे अनुगमन गर्नुस् कहीँ कतै गलत भएको छ भने हामी कारवाही गर्न तयार छौँ।” 

साथै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषिका लागि अनुकूल वातावरण भएको प्रदेश भएकाले आफूले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम यहाँका ८८ वटै स्थानीय तहमा सञ्चालनमा ल्याइएको समेत जानकारी गराए। उनले प्रदेशको भौगोलिक र वातावरणीय आवश्यकताअनुसार जनतालाई आवश्यक पर्ने ठाउँमा सिँचाइ सुविधा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए।

“प्रदेशभरिका ८८ वटै स्थानीय तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”, उनले भने “कृषि क्षेत्रमा काम गर्नुस् प्रदेश सरकारले सहयोग गर्छ।” -रासस
 

कमेन्ट लोड गर्नुस