सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सशस्त्र प्रहरी नायब निरिक्षक टेर उत्कृष्ट कार्य गरे वापत विभूषित

२०७६ माघ १०, ०७:४५ खबर संवाददाता

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब  निरिक्षक किसनसिंह टेर उत्कृष्ट कार्य गरेवापत विभूषित भएका छन्।  संगठनमा उत्कृष्ट काम गरेको भन्दै १९ औँ सशस्त्र प्रहरी दिवसको अवसरका टेरलाई नेपाल प्रताप आभूषणबाट विभूषित गरिएको हो।

यसअघि २०७५ सालको संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्ने घोषणा अनुसार सशस्त्र प्रहरी नायब निरिक्षक टेर विभूषित भएका हुन्। सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी शैलेन्द्र खनालले टेरलाई विभूषण पत्र सहित सम्मान गरेका थिए। 

 

 

कमेन्ट लोड गर्नुस