सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाया नेपालले २५ औं बार्षिकोत्सव मनायो

२०७६ माघ १०, ०६:३९ खबर संवाददाता

धनगढी: जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले आफ्नो २५औं वार्षिक उत्सव मनाएको छ। सामाजिक न्याय एवं मानव अधिकारमुखि विकासको अभियानमा योगदान दिदै आएको फाया नेपालले २५ वर्ष पार गरेको छ।

शुक्रबार संस्थाले धनगढीमा चियापान कार्यक्रमको आयोजना गरी आफ्नो २५ वर्षको अभियान, उपलब्धी र योगदान प्रस्तुत गरेको छ। सो अवसरमा फाया नेपालका कार्यकारी निर्देशक धर्मराज पाठकले ‘समृद्धिका लागि संगसंगै २०१९–२०२४ रणनितिक’ नारा प्रस्तुत गरे।

विभिन्न क्षेत्रमा काम गर्दै आएको फाया नेपालले सुदूरपश्चिम प्रदेशमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष युएन एफपिएको प्रदेशीय कार्यक्रम कार्यान्वयन गरिरहेको छ। कार्यक्रमको समापन फाया नेपालका अध्यक्ष लोकराज भट्टले गरेका थिए।

कार्यक्रममा बुद्धीजिवी, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षाकर्मी लयायतको उपस्थिती रहेको थियो।

कमेन्ट लोड गर्नुस