सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि फाउण्डेसनलाई वाणिज्य बैंकको सहयोग

२०७६ माघ १०, ०४:५५ खबर संवाददाता

धनगढी: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले धनगढीस्थित दृष्टि फाउण्डेसनलाई सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको ५५औँ स्थापना दिवसको अवसरमा बैंकको प्रदेश कार्यालयले करिब ३० हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेको हो। 

फाउण्डेसनको आश्रयमा रहेका असहायहरुको लागि ३२ इन्चको एलइडी टिभी, बच्चाहरुको लागि ल्याक्टोजिन, फलफूल, चामललगायतका सामाग्री उपलब्ध गराइएको राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेश प्रमुख रणबहादुर चन्दले बताए। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकप्रति सम्मानभाव र स्वामित्वभाव सिर्जना गर्न बैंकको केन्द्रिय कार्यक्रम अन्तरतत उक्त सामाग्री उपलब्ध गराइएको चन्दले बताए। 

‘बैंकले आफ्नो स्थापना दिवसको अवसरमा फाउण्डेसनलाई सहयोग गरेको हो ’ प्रदेश प्रमुख चन्दले भने, ‘सामाग्रीको भोलुम सानो भए पनि असहाय व्यक्तिप्रति बैंकको पूर्ण सद्भाव हो ।’ सामग्री बुझ्दै फाउण्डेसनकी संस्थापक तथा व्यवस्थापक चन्द्रा तिरुवाले खुशी व्यक्त गरिन्। उनले फाण्डेशनलाई गरेको सहयोगप्रति बैंकलाई धन्यवाद दिइन्।

सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंक सूदूरपश्चिम प्रदेश कार्यालयका उपप्रमुख भोजराज भट्टले पनि फाउण्डेसनलाई चामल र फलफूल सहयोग गरेका छन्। भट्टले आफ्नो जन्मदिनको अवसरमा फाण्डेशनलाई सो सहयोग गरको बताए।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको धनगढी शाखा प्रमुख हरिश भट्ट, अत्तरिया शाखा प्रमुख जितजङ बहादुर सिंह, क्याम्पसरोड शाखा प्रमुख प्रभुराज जोशी, रवि कानु, बरुण महरा, दिपेन्द्र भण्डारी, चित्रदेव भट्टलगायतको सहभापगता रहेको थियो। फाउण्डेसनमा ३० जना फरक क्षमता भएका असहाय र तीन जना बालबालिका रहेका छन्। 

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५५औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। यसअघि पनि स्थापना दिवसमा उक्त बैंकका सदूरपश्चिम क्षेत्रका शाखाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वित्तीय साक्षरता, लुगा वितरणलगायतका कार्यक्रम गरेका थिए।

कमेन्ट लोड गर्नुस